पूर्वपतिको नाम जोडेर प्रश्न गर्दा रिसाइन् एलिना, भनिन्- ‘त्यसको नाम नलिनुस्, मलाई बाँच्न दिनुस्’

पूर्वपतिको नाम जोडेर प्रश्न गर्दा रिसाइन् एलिना, भनिन्- ‘त्यसको नाम नलिनुस्, मलाई बाँच्न दिनुस्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गायिका एलिना चौहान पूर्वपतिको विषयमा प्रश्न सोधिएपछि पत्रकारसँग आक्रोशित भएकी छन्।

बिहीबार आफ्नै व्यवसाय रमणीलाई नयाँ ठाउँमा सारिएपछिको कार्यक्रममा पत्रकारले पूर्वपतिको नाम जोडेर प्रश्न गरेपछि उनले असन्तुष्टि जनाउँदै व्यक्तिगत जीवनसँग जोडिएका पुराना विषय नकोट्याउन आग्रह गरेकी हुन्।

‘त्यसको नाम नलिनु, त्यसको नाम लिनुपर्ने के काम छ यहाँ ? तपाईँहरूले मलाई कहिले सुख नदिने ? मलाई बाँच्न दिनुस् भनेर त्यत्रो लामो स्टाटस लेखेको पढ्नुभएन ?’ उनले आफूलाई पूर्वपतिसँग जोड्ने महिलना पत्रकारलाई प्रश्न गरिन्।

यसबारेमा विगतमा आफूले लेखेको स्टाटसको स्मरण गराउँदै उनले सकिइसकेको विषय बारम्बार कोट्याएर आफूलाई पीडा नदिन पनि आग्रह गरिन्।

उनले सञ्चारमाध्यमप्रति असन्तुष्टि व्यक्त गर्दै भनिन्, ‘सकिएको कुरा कोट्याइ कोट्याइ मलाई किन पीडा दिने ? अब म तपाईँ मिडियाहरूसँगै स्ट्रङ्ली लड्छु।’

पूर्वपतिको प्रसंग बारम्बार उठाइएपछि एलिनाले आफ्नो व्यक्तिगत जीवनलाई सम्मान गर्न र पुराना विषयलाई अनावश्यक रूपमा नउचाल्न सञ्चारकर्मीहरूलाई आग्रह गरेकी छन्।