काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि अहिले मतदान हुँदैछ ।
कांग्रेस निर्वाचन समितिका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।
यसअघि बिहीबारलाई तय भएको मतदान मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नहुँदा शुक्रबारका लागि सारिएको थियो । तयारी पूरा भएसँगै मतदान प्रक्रिया सुरु भएको निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए ।
नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । बिहान ७ बने सुरु भएको मदतान दिउँसो ३ बजेसम्म जारी रहनेछ ।
कांग्रेसको सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबिच प्रतिस्पर्धा हुँदैछ ।



प्रतिक्रिया