काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनअन्तर्गत भइरहेको निर्वाचन जस्तो लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढंगले सहभागी हुन आग्रह गरेका छन्।
महाधिवेशन अन्तर्गत मतदान प्रक्रिया सुरु भएको भन्दै थापाले मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका छन् ।
महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु हुनु अघि अपिल जारी गर्दै सभापति थापाले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यान दिई आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न उनले आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएको छ। हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो हुन पुग्यो। यसबाट सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौँ। यस महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन आग्रह गर्दछु।’
विभिन्न उम्मेदवारहरूको सूचीलाई आफ्नो नामसँग जोडेर प्रचारप्रसार भइरहेको कुरा सुन्न र देख्न आएको भन्दै उनले पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया रहेको बताएका छन् । ‘यसपटक कुनै पनि प्यानल वा गुट छैन। मेरो नाम जोडेर आएको लिष्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन होला। कुनै पनि अफवाहमा नलाग्नुहोला’, उनको आग्रह छ ।
उनले अगाडि भनेका छन्, ‘सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यान दिई आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न म आग्रह गर्दछु।परि हितलाई ध्यान दिई आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न म आग्रह गर्दछु।’




प्रतिक्रिया