सुन र चाँदीको मूल्य बढ्यो

सुन र चाँदीको मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सुनचाँदी बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ।

सुन प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै शुक्रबार सुन प्रतितोला दुई लाख ९५ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला १५ रूपैयाँले बढेर प्रतितोला चार हजार चार सय पाँच रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।