कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ।

मतदान निर्वाध रूपमा चलिरहेको नेपाली कांग्रेस महाधिवेशन मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीले जानकारी दिएका छन्।

भण्डारीका अनुसार मधेश प्रदेशबाट ४२२, कोशी प्रदेशबाट ४१०, बागमतीबाट ४८७, गण्डकीबाट ३३०, लुम्बिनीबाट ३८९ तथा सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ६०६ मत खसेको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य पदमा मतदान गरिरहेका छन्।

निर्वाचनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ।