भूकम्प विपद् कोषमा हस्ताक्षर गर्न स्वीकृति दिने मन्त्रिपरिषद्काे निर्णय

भूकम्प विपद् कोषमा हस्ताक्षर गर्न स्वीकृति दिने मन्त्रिपरिषद्काे निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सरकारले मन्त्रिपरिषद् बैठकका चार वटा निर्णय सार्वजनिक गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प विपद् व्यवस्थापन कोष, विटौरी जग्गा दर्ता, एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई पुरस्कार र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई बढुवासम्बन्धी निर्णय गरेको हो।

बैठकले विश्व बैंकसँग ‘अर्थक्वेक क्याटास्ट्रोफी फन्ड’ (भूकम्प विपद् व्यवस्थापन कोष) सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ।

त्यस्तै, विटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा ‘समिति गठन आदेश, २०८३’ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसैगरी, जापानको आइची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराँतेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ। बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले उक्त जानकारी दिएका हुन्।

सरकारले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गर्ने निर्णयसमेत गरेको छ। उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ।