कांग्रेसमा ६ हजार ७०० मत खस्यो, मतदानको समय साँझ ७ बजेसम्म बढाइयो

कांग्रेसमा ६ हजार ७०० मत खस्यो, मतदानको समय साँझ ७ बजेसम्म बढाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो ४ बजेपछि ६ हजार ७०० मत खसेको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य राजु कट्टालका अनुसार उक्त समयसम्म ६ हजार ७०० मत खसेको हो।

यसअघि साँझ ५ बजेसम्मका लागि तोकिएको मतदानको समय बढाएर साँझ ७ बजेसम्म पुर्‍याइएको छ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार सूचना जारी गर्दै मतदानको समय थप गरिएको जनाएको हो।

शुक्रबार बिहानदेखि सुरु भएको मतदानमा प्रतिनिधिहरूको सहभागिता र मतदान प्रक्रिया जारी रहेकाले समय बढाइएको हो।

समितिका सदस्यसचिव राजु कट्टालद्वारा जारी सूचनामा १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि भइरहेको मतदान साँझ ७ बजेसम्म सञ्चालन हुने उल्लेख छ।