सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा थलाल छनोट

सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा थलाल छनोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले डडेल्धुराका टेकराज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ ।

प्रदेशका नौवटै जिल्लामा सञ्चालन गरिएको प्रतिभा खोज कार्यक्रम (ट्यालेन्ट हन्ट) बाट बायाँहाते मध्यम गतिका बलर थलालले उक्त अवसर पाएका हुन् ।

स्थानीयस्तरमा रहेका क्रिकेट खेलाडीको क्षमता पहिचान गरी टोलीमा आबद्ध गराउने लक्ष्यसहित रोयल्सले सुदूरपश्चिमका सबै जिल्लामा ‘ट्यालेन्ट हन्ट’ आयोजना गरेको थियो ।

कार्यक्रममा दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाडीले आफ्नो खेल कौशल प्रस्तुत गरेका थिए ।

यही असोज १४ गते बैतडीको दिलासैनीबाट सुरु भएको छनोट प्रक्रिया असोज १५ गते बझाङ, १६ गते डोटी र डडेल्धुरा तथा १७ गते अछाम र बाजुरामा पुगेको थियो ।

त्यसपछि असोज १९ गते धनगढीमा कैलाली र कञ्चनपुरका खेलाडीको क्षमता मूल्याङ्कन गरिएको थियो । छनोटको अन्तिम चरण भने असोज २० र २१ गते धनगढी ओभलमा सम्पन्न भएको थियो ।