गजुरीको गलौदीमा पृथ्वी राजमार्ग भासियो, मुग्लिन-काठमाडौं यातायात ठप्प

गजुरीको गलौदीमा पृथ्वी राजमार्ग भासियो, मुग्लिन-काठमाडौं यातायात ठप्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौदीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडक अनिश्चितकालका लागि बन्द भएको छ।

सडक भासिएपछि उक्त खण्डमा दुईतर्फी यातायात ठप्प भएको मुग्लिन बजारस्थित पत्रकार विनोद श्रेष्ठले जानकारी दिएका छन्।

सडकको ठूलो भाग भासिएर मानिससमेत मुस्किलले हिँड्न सक्ने अवस्था रहेको बताइएको छ।

दशैंको मुखमा मुख्य राजमार्ग नै बन्द भएपछि घर फर्किने यात्रु, लामो दूरीका सवारीसाधन र मालवाहक गाडी प्रभावित भएका छन्। सडक कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने यकिन नहुँदा यात्रु थप समस्यामा पर्ने देखिएको छ।

यसअघि पनि धादिङकै गजुरी क्षेत्रमा सडक भासिँदा कम्तीमा १५ दिनसम्म यातायात अवरुद्ध भएको थियो। गलौदीमा पुनः सडक भासिएपछि राजमार्गको जोखिम र यातायात व्यवस्थापनबारे चिन्ता बढेको छ।

सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले यात्रुलाई यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरिन्छ।