सशस्त्रका एआईजी वंशीराज दाहाल सेवाबाट हटाइए

सशस्त्रका एआईजी वंशीराज दाहाल सेवाबाट हटाइए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई आचरण उल्लंघन, अनुशासनहीन कार्य तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठा र छविमा आँच पुर्‍याउने कार्य गरेको कसुरमा विभागीय कारबाही गरिएको जनाएको छ।

मन्त्रालयका अनुसार दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको हो।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा दाहालले आचरणसम्बन्धी व्यवस्था बारम्बार उल्लंघन गरेको र अनुशासनहीन काम गरेको उल्लेख छ।

गृह मन्त्रालयले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको भन्दै महानिरीक्षक दाहाललाई यही असोज १९ गते निलम्बन गरेको थियो ।

दाहालले पदीय आचरणविपरीतको कार्य गरेको भनी सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीको सिफारिस प्राप्त भएपछि उनलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको थियो ।

मन्त्रालयले सोही दिन दाहाललाई निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको थियो ।