कञ्चनपुर – नेपाल टेलिकमको चुँडिएको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एकजना सहायक प्रहरी निरीक्षक (असई) महाकालीमा डुबेर बेपत्ता भएका छन् ।
सशस्त्र प्रहरी बलको देवीस्थान बीओपीमा कार्यरत असई सागरराज थारु महाकालीमा बगेर बेपत्ता भएका हुन् ।
शनिबार दोधारा चाँदनी नगरपालिका-४ बाट भीमदत्त नगरपालिका-१३ तर्फ रबर बोटमा चढेर टेलिकमको तार तान्ने क्रममा उनी बगेका हुन् ।
महाकाली नदीस्थित देशकै लामो झोलुङ्गे पुल बगाउँदा नेपाल टेलिकमको तार चुँडिएको थियो । अहिले त्यहाँ इन्टरनेट ठप्प छ ।
इन्टरनेट तानिरहेका बेला असई थारुको खुट्टामा अल्झिएको थियो। त्यसपछि रबर बोटबाट महाकालीमा खसेर बेपत्ता भएका हुन् ।



प्रतिक्रिया