भक्तपुर – नगद ७५ हजार पुरस्कारसहित सूर्यविनायक नगरपालिका–१ सिरुटारको नास: धिमे खल:ले सूर्यविनायक नगरस्तरीय धिमेबाजा प्रतियोगिता–२०८३ को विजेता बन्न सफल भएको छ ।
शनिबार सूर्यविनायक गणेश मन्दिर परिसरमा सूर्यविनायक नगरपालिकाले आयोजना गरेको धिमेबाजा प्रतियोगितामा नगद पुरस्कारसहित प्रमाणप्रत्र तथा ट्रफी प्राप्त गरेको छ ।
सूर्यविनायक–१ कै लुनिभा धिमे बाजा खल:ले दोस्रो हुँदै ५० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणप्रत्र तथा ट्रफी प्राप्त गरेको छ ।
नगरभित्रका १३ वटा धिमे बाजा टोलीको प्रतिस्पर्धामा वडा नम्बर १० को सिमलटार बाजा खलले तेस्रो स्थान प्राप्त गर्दै नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धी सबै टोलीले धिमेबाजा टोलीलाई नगरपालिकाले नगद ५ हजार तथा प्रमाणपत्र प्रदान गरेको छ । नगर प्रमुखले आफ्नो व्यक्तिगत तर्फबाट सहभागी १० वटा टोलीलाई थप ५/५ हजार प्रदान गर्ने घोषणा पनि गरेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले उद्घाटन गरेको प्रतियोगिताको समापनमा नगर प्रमुख वासुदेव थापाले विजयी टीमलाई पुरस्कार प्रदान गरेका थिए ।



प्रतिक्रिया