नागरिक लगानी कोषको कार्यप्रगति र योजनाबारे प्रस्तुतीकरण गर्न निर्देशन

नागरिक लगानी कोषको कार्यप्रगति र योजनाबारे प्रस्तुतीकरण गर्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभाको अर्थ समितिले नागरिक लगानी कोषको हालसम्मको कार्यप्रगति, संस्थागत अवस्था, चुनौती र आगामी योजनाबारे प्रस्तुतीकरण गर्न कोषका प्रशासकीय कार्यकारी अधिकृतलाई निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकमा नागरिक लगानी कोष ऐन संशोधन गर्न बनेको विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको थियो ।

छलफलका क्रममा कोषका कामकारबाही, उपलब्धि, वर्तमान अवस्था, समस्या तथा आगामी योजनाबारे जानकारी लिने निर्णय भएको हो ।

समिति सभापति डा. कृष्णहरि बुढाथोकीले कोषका प्रशासकीय कार्यकारी अधिकृतलाई यी विषयमा विस्तृत प्रस्तुतीकरण गर्न निर्देशन दिए । समितिको निर्णयअनुसार उनले बिहीबार बस्ने समितिको बैठकमा प्रस्तुतीकरण गर्नेछन् ।