काठमाण्डु- ‘बहुलाउँछु कि क्या हो ?’ शीर्षकको सुन्दा नै मनमा अनेक कुरा खेल्न सक्छन्। तर यही बोलको गीत लिएर रेखा थापा अभिनित फिल्म ‘३६ को आँकडा’ दर्शकमाझ आएको छ।
दशैँको घटस्थापनाको अवसर पारेर फिल्मको गीत सार्वजनिक गरिएको रेखाले जानकारी दिएकी छन्।
गीतमा अञ्जु पन्त र सत्यराज आचार्यको स्वर छ। सुरेश अधिकारीले लेखेको गीतले फिल्मप्रति दर्शकको चासो बढाउने अपेक्षा गरिएको छ।
रेखा थापा लामो समयदेखि नेपाली फिल्ममा सक्रिय अभिनेत्री हुन्। यसपटक उनी ‘३६ को आँकडा’मा मुख्य भूमिकामा देखिँदैछिन्। ्पा
रिवारिक कथामा आधारित फिल्ममा रेखासँगै पूजा शर्मा, निरुता सिंह, पुष्प खड्का र महेश त्रिपाठीलगायत कलाकारले अभिनय गरेका छन्।
रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा काइट्स इन्टरटेनमेन्ट सहनिर्माताका रूपमा रहेको छ। फिल्मको निर्देशन सबिर श्रेष्ठले गरेका हुन्।
परिवारभित्रका सम्बन्ध, तिनले निम्त्याउने परिस्थिति र त्यससँग जोडिएका कथाले नेपाली दर्शकसँग सहजै सम्बन्ध गाँस्न सक्छन्।
‘३६ को आँकडा’ले आफ्नो कथालाई कसरी पर्दामा उतारेको छ भन्ने जान्न भने फिल्म प्रदर्शन नभएसम्म पर्खनुपर्नेछ।



प्रतिक्रिया