काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री र महिला खुला केन्द्रीय सदस्य पदको मतगणना सुरू भएको छ ।
आइतबार साँझदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्री खुला, सहमहामन्त्री महिला र महिला खुला केन्द्रीय सदस्य पदको मतगणना थालिएको निर्वाचन समितिले जनाएको छ ।निर्वाचन समितिका अनुसार मतगणना छ ठाउँमा भइरहेको छ ।
सह-महामन्त्री खुलामा नौ जना प्रतिस्पर्धामा
सह-महामन्त्री खुलातर्फ दुई पदका लागि नौ जना उम्मेदवार चुनावी मैदानमा छन् । अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कणेल, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुंगाना प्रतिस्पर्धामा छन् ।
त्यस्तै, एक जना निर्वाचित हुने महिला सहमहामन्त्री पदमा नानुमैया बास्तोला र प्रतिमा गौतमबीच प्रतिस्पर्धा छ ।
महिला खुला केन्द्रीय सदस्यमा ३६ उम्मेदवार
महिला खुला केन्द्रीय सदस्यका १५ पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
उम्मेदवारहरूमा अकला गुरुङ, अनिता देवकोटा, इन्दिरा चौलागाई, उमा दाहाल, उर्मिला थपलिया, कल्पना तिवारी, कान्तिका सेजुवाल, कुसुमदेवी थापा, गंगा दाहाल, गंगा शाही, गण्डकी थापा अधिकारी, गीता सत्याल, चिनी पोखरेल (चिनु), जमुना ढकाल, तुलसी देवकोटा, धनाकुमारी खतिवडा, नम्रता बराल, निमा गिरी र निर्मला क्षेत्री छन् ।
त्यस्तै, निर्मला तामाङ बस्नेत (नीरू), पवित्राकुमारी अर्याल, भगवती काफ्ले भण्डारी, भवानी देवकोटा, विनिता खड्का, विष्णुकुमारी सापकोटा, वासना थापा, मुना भुसाल, मोदती केसी, यस्मिन ढुंगाना, राधिका कटुवाल, रीता थापामगर, रीता सेन ओली, लक्ष्मी पाण्डे, सम्झना खत्री, सुमित्राकुमारी बम र सृजना अधिकारी पनि प्रतिस्पर्धामा छन् ।



प्रतिक्रिया