काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आईतबारसम्म मौज्दात रकम १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा वाणिज्य बैंकमा मौज्दात १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर पुगेको छ ।
सरकारले कोषमा जम्मा भएको रकमबाट यसअघि १ अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।



प्रतिक्रिया