कांग्रेसमा मधेसको मतपेटिका हराएको समाचार भ्रमपूर्ण : निर्वाचन समिति

कांग्रेसमा मधेसको मतपेटिका हराएको समाचार भ्रमपूर्ण : निर्वाचन समिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण रहेको निर्वाचन समितिले स्पष्ट पारेको छ ।

मधेस प्रदेशको मतपेटिका हराएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि निर्वाचन समितिले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्तो स्पष्टीकरण दिएको हो ।

निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले मतपेटिकामा प्रदेशको नाम उल्लेख नगरिएको र पहिचानका लागि नम्बर राखिएको स्पष्ट पारेका छन् ।

उनका अनुसार निर्वाचनमा प्रयोग गरिएका मतपेटिकालाई प्रदेशको नामका आधारमा नभई क्लस्टरअनुसार नम्बर दिएर वर्गीकरण गरिएको छ । मतपेटिकामा मधेस, कोशी वा अन्य प्रदेशको नाम लेखिएको नभई १, २, ३ लगायतका नम्बर राखिएको उनले बताए ।

‘मतपेटिका भनेको क्लस्टरअनुसार गन्दै गएको हो । मधेस प्रदेश भन्ने नै होइन, मतपेटिकालाई हामीले १, २, ३ भनेर नामकरण गरेका छौँ,’ खड्काले भने, ‘मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण हो । हामीले सबै मतपेटिकाको नम्बरिङ गरेका छौँ ।’

निर्वाचन समितिले सबै मतपेटिकाको नम्बरिङ गरिएको जनाउँदै मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचारमा सत्यता नरहेको जनाएको छ ।