बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमूना प्रदेश बनाउँछौँ : मुख्यमन्त्री थापामगर

बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमूना प्रदेश बनाउँछौँ : मुख्यमन्त्री थापामगर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बागमती प्रदेशलाई योग, स्वास्थ्य र समृद्धिको नमूना प्रदेश बनाउने घोषणा गरेका छन् ।

पतञ्जली योग समितिले आईतबार भक्तपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले बागमती प्रदेशका नागरिकको पहुँचमा योग र स्वस्थ जीवनशैली पुर्‍याउन ‘प्रादेशिक योग परिषद्’ निर्माण गर्ने बताए ।

मुख्यमन्त्री थापाले भक्तपुरलाई योग, शिक्षा, स्वास्थ्य र पर्यटनको एकीकृत केन्द्रका रूपमा रूपान्तरण गर्दै बागमती प्रदेशका १३ वटै जिल्लामध्ये एक मुख्य नमूना जिल्ला बनाउने आधारशिला तयार भइरहेको बताए ।

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत गठित प्रादेशिक योग समितिका सदस्य एवं पतञ्जली योग समितिका महासचिव डा. नवराज काफ्लेले प्रादेशिक योग परिषद् निर्माणको प्राविधिक तथा नीतिगत गृहकार्य द्रुत गतिमा भइरहेको बताए ।

कार्यक्रममा संस्थाका संरक्षक बालमुकुन्द सुवाल, कार्यक्रमका सभापति तथा पतञ्जली योग समिति नेपालका अध्यक्ष सुदर्शन सुवेदीलगायतले देशभर योगसाधनाको प्रचारप्रसार, साधकको सशक्तीकरणलाई पुर्‍याउनुपर्ने बताए ।