कांग्रेस सहमहामन्त्री खुला २ पदमा खतिवडा र सुवेदीको अग्रता

कांग्रेस सहमहामन्त्री खुला २ पदमा खतिवडा र सुवेदीको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा ५८४ मतगणना हुँदा रामहरि खतिवडा र डिल्लीराम सुवेदीले अग्रता लिएका छन् ।

प्राप्त मतपरिणामअनुसार खतिवडाले २८९ मत प्राप्त गरेका छन् भने सुवेदीले १८७ मत पाएका छन् ।

अन्य उम्मेदवारमध्ये अजयबाबु शिवाकोटीले १७४, देवेन्द्रराज कँडेलले १०९, विकास कोइरालाले १०५, राजीव ढुंगानाले ८०, रमेशप्रसाद धमलाले ७७, अमृतकुमार अर्यालले ३२ र विमलराज क्षेत्रीले २१ मत प्राप्त गरेका छन् ।

सहमहामन्त्री खुलातर्फ २ पदका लागि निर्वाचन भएको हो । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।

उम्मेदवारले प्राप्त गरेको मत

रामहरि खतिवडा : २८९

डिल्लीराम सुवेदी : १८७

अजयबाबु शिवाकोटी : १७४

देवेन्द्रराज कँडेल : १०९

विकास कोइराला : १०५

राजीव ढुंगाना : ८०

रमेशप्रसाद धमला : ७७

अमृतकुमार अर्याल : ३२

विमलराज क्षेत्री : २१