कांग्रेस उपसभातिमा निर्वाचित भएपछि चन्द्र भण्डारीको प्रतिवद्धता-विश्वासको शिर कहिल्यै झुक्ने छैन

कांग्रेस उपसभातिमा निर्वाचित भएपछि चन्द्र भण्डारीको प्रतिवद्धता-विश्वासको शिर कहिल्यै झुक्ने छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महाधिवेशन प्रतिनिधिहरू तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आफूहरूमाथि गरिएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका छन् ।

‘तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन,’ उनले भनेका छन्, ‘सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु ।’

उनले आफ्नो निर्वाचनमा साथ र समर्थन दिने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन्। भण्डारी ३७ सय ३५ मत प्राप्त गर्दै १५ औँ महाधिवेशनमार्गत कांग्रेस उपसभापति निर्वाचित बनेका हुन् ।