काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार सामान्य बढेको छ । यसदिन नेप्से ४ अंकले बढेर परिसुचक २५९५ मा पुगेको छ ।
आज १ करोड २७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४६ करोडको कारोबार भयो ।
कारोबारमा आएका १०५ कम्पनीको मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ । यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा आज कुमारी बैंक, घलेम्दी हाइड्रो, शाहस उर्जा अगाडि रहे ।
यसदिन धौलागिरी लघुबित्तको सेयर मूल्य १५ प्रतिशतले बढ्यो भने स्नो रिभर्सको मूल्य १३ प्रतिशतले बढ्यो । यस्तै आज रिज लाइन इनर्जीको मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घट्यो ।
आज बैंकीङ्, विकास बैंक, वित्त, जीवन बिमा र व्यापार इन्डेक्स बाहेक सबै सूचक राताम्मे भएका छन् ।
व्यापार समूह १.०२ प्रतिशत बढ्यो । जीवन बीमा ०.०५, विकास बैंक ०.५३, फाइनान्स ०.२१ प्रतिशत बढे ।
होटल तथा पर्यटन ०.८७, जलविद्युत् ०.४६, लगानी ०.२८, उत्पादन तथा प्रशोधन ०.१९, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.१२ तथा अन्य ०.४२ प्रतिशत घटे ।



प्रतिक्रिया