काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले अग्रता कायम गरेका छन्। २ हजार ८८९ मत गणना हुँदा खतिवडाले १ हजार २८० मत प्राप्त गरेका छन्।
अजय शिवाकोटी ९२५ मतसहित दोस्रो स्थानमा छन् भने डिल्लीराम सुवेदी ७११ मतसहित तेस्रो स्थानमा छन्। देवेन्द्रराज कँडेलले ६३१ मत प्राप्त गर्दा विकास कोइरालाले ४९५ मत पाएका छन्।
त्यस्तै, राजीव ढुंगानाले ४२२, रमेशप्रसाद धमलाले ३३७, अमृतकुमार अर्यालले ३१० र विमलराज क्षेत्रीले १२४ मत प्राप्त गरेका छन्।
युवा खुलातर्फको साँझ ६ बजेदेखि
निर्वाचन समितिले युवा खुलातर्फको मतगणना सोमबार साँझ ६ बजेदेखि सुरु गर्ने तयारी गरेको छ।
त्यसैगरी, अल्पसंख्यक तथा अपाङ्गता क्लस्टरअन्तर्गत सहमहामन्त्रीको एक पद र अल्पसंख्यक तथा अपाङ्गता समूहका एक/एक केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना मंगलबार बिहान १० बजेदेखि सुरु हुने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले अब प्राय: सबै समूहको मतगणना हुने जानकारी दिएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदको अहिले पनि मतगणना जारी छ। पदाधिकारीतिरको मतगणना सकिएसँगै पार्टीको नयाँ केन्द्रीय नेतृत्वको अन्तिम तस्बिर पनि खुल्दै गएको छ।



प्रतिक्रिया