रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा संयोजक प्रचण्ड सहभागी

रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा संयोजक प्रचण्ड सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेत्रावती – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन् ।

नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा मंगलबार बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् ।

पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

बाढी गएको ४९औँ दिनका अवसरमा मृतकहरूको आत्मशान्तिको कामना गर्दै विशेष पूजा आयोजना गरिएको हो । बाढीबाट घरबारविहीन बनेका परिवारका लागि वाइसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट पुगेका प्रचण्ड विशेष घेवामा सहभागी भएर श्रद्धाञ्जलि व्यक्त गर्न बेत्रावती पुगेका हुन् ।