बागमती – दसैँको अवसरमा गुप्त सतचण्डी पाठपारायण सञ्चालन गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडास्थित पाथीभरा मन्दिरमा पाठपारायण सञ्चालन गरिएको हो ।
महाकाली, महालक्ष्मी र महासरस्वती (दुर्गा) लाई प्रसन्न गर्न गरिने उच्च कोटिको वैदिक अनुष्ठानलाई सतचण्डी पाठपारायण भनिन्छ ।
यहाँ घटस्थापनाका दिनदेखि गुप्त सतचण्डी पाठपारायण भइरहेको मन्दिरका संस्थापक गुरु देवीदासले जानकारी दिए । घटस्थापनादेखि सुरु भएको पाठपारायण महानवमीका दिनसम्म सञ्चालन हुने भएको छ ।
यहाँ ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट ल्याइएको शिला, त्रिशूल र कलशलाई स्थापना गरी मन्दिर निर्माण गरिएको हो । मन्दिरमा नियमित पूजाआजका साथै २०६५ असोज १३ गतेबाट अखण्ड हवन् भइरहेको छ ।
ताप्लेजुङको पाथीभरा मन्दिर जान नसक्नेका लागि हेटौँडाको मन्दिर महत्वपूर्ण विकल्प बनेको छ ।



प्रतिक्रिया