नेप्से परिसूचक सामान्य अंकले बढ्यो

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार सामान्य अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव १२ अंकले बढेर २ हजार ५९९ दशमलव ९३ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३५ अंकले बढेर ४७० दशमलव १७ मा पुगेको छ । फ्लोट सूचक ० दशमलव ४९ अंकले बढेर १८० दशमलव ०२ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक ० दशमलव ८४ अंकले बढेर १५८ दशमलव ९७ मा पुगेको छ ।

विभिन्न कम्पनीका १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ मूल्यमा खरिद बिक्री भएको छ । 

मंगलबार १३ वटै उपसमूहमध्ये ५ उपसमूह बढ्यो भने ८ उपसमूह घट्यो । १०४ कम्पनीको सेयर बढ्यो भने १६७ कम्पनीको सेयर घट्यो । त्यसैगरी ७ कम्पनीको सेयर स्थिर रहेको छ ।

नेप्सेका अनुसार मंगलबार सगरमाथा जलविद्युत् कम्पनी, नेपाल लाइफ समृद्धि  लगानी योजना, एनआईसी एसिया ग्रोथ फण्डलगायत लगानीकर्ताले कमाएका छन् भने स्नो रिभर्स, धौलागिरी लघुवित्त वित्तीय संस्था र एनआईसी सेलेक्ट फण्ड लगायतका लगानीकर्ताले गुमाएका छन् ।