काठमाण्डु – भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता भएको छ ।
बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो मन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत गएका मन्त्री गुरुङले मंगलबार भारतीय समकक्षी शाहबिच भेटवार्ता भएको हो ।
भेटमा नेपाल–भारत सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, अपराध नियन्त्रण तथा २ देशबिचका गृह मामिलासँग सम्बन्धित विषयमा छलफल भएको बताइएको छ ।
गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो ।
बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । सम्मेलनले सदस्य राष्ट्रबिच सुरक्षा तथा आन्तरिक मामिलामा सहकार्य विस्तारका विषयमा छलफल हुने गर्छ ।



प्रतिक्रिया