खेल राजनीतिबाट कांग्रेसतिर कर्माछिरिङ, केन्द्रीय सदस्यमा निर्वाचित

खेल राजनीतिबाट कांग्रेसतिर कर्माछिरिङ, केन्द्रीय सदस्यमा निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनमा शेर्पाले आदिवासी जनजाति क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए ।

आदिवासी जनजाति क्षेत्रबाट शेर्पासँगै १२ जना सदस्य पदमा निर्वाचित भएका छन् । यस समूहमा ४१ जनाले प्रतिस्पर्धा गरेका थिए ।

निर्वाचित भएपछि शेर्पाले पार्टीभित्र आदिवासी जनजातिको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउँदै राज्यका विभिन्न तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आवाज उठाउने बताए ।

खेल क्षेत्रमा लामो अनुभव बटुलेका शेर्पा नेपाली फुटबलका चर्चित नाम हुन् । शेर्पाले कांग्रेसलाई समावेशी, युवा तथा खेलमैत्री पार्टीका रूपमा थप सुदृढ बनाउन प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् ।