जुम्लाका २२० नागरिकलाई घरमै राहदानी वितरण

जुम्लाका २२० नागरिकलाई घरमै राहदानी वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला – शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु भएको हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा जुम्लामा प्रभावकारी बन्दै गएको छ ।

बितेका ५ महिनामा २२० जनाले घरमै राहदानी पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जिल्ला हुलाक कार्यालयसँग सम्पन्न सम्झौताअनुसार चालू आवको भदौसम्म १९८ जनाको राहदानी घरदैलोमै पुगेर वितरण गरिएको बताए ।

गत वर्ष ९७२ जनाले घर घरबाटै राहदानी पाएका थिए । चालू आवको २ महिनामा १९८ जनाले राहदानी पाएका छन् ।

यसैगरी, जिल्लामा ८ हजार ६० जनाले राष्ट्रिय परिचयपत्र बनाएको प्रशासनले जनाएको छ ।