रोममा रियल म्याड्रिडको चमत्कारी पुनरागमन, अन्तिम ६ मिनेटमा तीन गोल

रोममा रियल म्याड्रिडको चमत्कारी पुनरागमन, अन्तिम ६ मिनेटमा तीन गोल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जोसे माउरिन्होको नेतृत्वमा रहेको रियल म्याड्रिडले च्याम्पियन्स लिगमा अविश्वसनीय पुनरागमन गर्दै रोमालाई उसकै मैदानमा ४–३ ले पराजित गरेको छ। ३–१ ले पछाडि परेको म्याड्रिडले खेलको अन्तिम ६ मिनेटमा तीन गोल गर्दै सनसनीपूर्ण जित निकालेको हो।

बुधबार राति भएको खेलमा मार्टेन डी रुनले रोमालाई अग्रता दिलाएका थिए। तर च्याम्पियन्स लिगमा आफ्नो १००औँ खेल खेलेका किलियन एम्बाप्पेले गोल गर्दै पहिलो हाफमा खेल बराबरीमा ल्याए।

दोस्रो हाफको सुरुआती समयमा डोनीएल मालेनले ६ मिनेटको अन्तरमा दुई गोल गरेपछि रोमा ३–१ ले अघि बढ्यो। त्यसपछि खेल रोमाको नियन्त्रणमा देखिएको थियो।

तर खेलको अन्तिम ६ मिनेटमा रियल म्याड्रिडले तीन गोल गर्‍यो। कर्नरबाट सिर्जित अवसरमा कार्लोस एस्पी, एन्ड्रिक र एन्टोनियो रुडिगरले गोल गर्दै म्याड्रिडलाई ४–३ को अविश्वसनीय जित दिलाए।

रोमाका पूर्वप्रशिक्षक माउरिन्होको पुनरागमन पनि खेलको मुख्य आकर्षण बन्यो। रोमामा साढे दुई वर्ष बिताएका माउरिन्होलेटोलीलाई युरोपेली कन्फरेन्स लिगको उपाधि र युरोपा लिगको फाइनलसम्म पुर्‍याएका थिए। घरेलु समर्थकले ब्यानर र नारासहित उनको स्वागत गरेका थिए।

डर्टमन्डलाई झट्का

अर्को खेलमा नर्वेको बोडोरग्लिम्टले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई १–० ले पराजित गरेको छ।

फ्रेड्रिक स्योभोल्डले दोस्रो हाफको ५२औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। घरेलु मैदानमा युरोपका ठूला क्लबविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै आएको बोडोरग्लिम्टले डर्टमन्डलाई निराश बनायो।

डर्टमन्डका प्रशिक्षक निको कोभाचले आफ्नो टोलीले पर्याप्त जोस र प्रतिबद्धतासहित खेल्न नसकेको स्वीकार गर्दै हारको हकदार भएको प्रतिक्रिया दिए।

शाख्तर डोनेत्स्कको जित

युक्रेनी क्लब शाख्तर डोनेत्स्कले एईके एथेन्सलाई ३–१ ले पराजित गरेको छ। लन्डनस्थित चेल्सीको स्टामफोर्ड ब्रिजलाई घरेलु मैदानका रूपमा प्रयोग गरिरहेको शाख्तरले पछाडि परेको अवस्थाबाट खेल उल्टाएको हो।

लोभ्रो माएरले २८औँ मिनेटमा एथेन्सलाई अग्रता दिलाएका थिए। तर छ मिनेटपछि पेद्रिन्होले पेनाल्टीमार्फत बराबरी गोल गरे।

खेल सकिन करिब १० मिनेट बाँकी हुँदा भिनिसियस टोबियासले गोल गरे भने वैकल्पिक खेलाडी ग्लेइकर मेन्डोजाले अर्को गोल थपे।