पाकिस्तानमा विद्यालयको छत खस्दा २८ जना बालबालिकाको मृत्यु, मृतक सबै १३ बर्ष मुनिका

पाकिस्तानमा विद्यालयको छत खस्दा २८ जना बालबालिकाको मृत्यु, मृतक सबै १३ बर्ष मुनिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र एक महिला शिक्षकसहित २९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन् । मृतक बालबालिकामध्ये छ जना बालिका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ता मोहम्मद असीमले बताए ।

घाइते तथा मृतक बालबालिका सबै १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको उनले जानकारी दिए । घाइतेको उपचारका लागि अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरिएको थियो । उद्धारकर्मीले भग्नावशेषमुनि फसेका सबैलाई बाहिर निकालेपछि भग्नावशेष हटाउने काम थालेका थिए ।

घाइते शिक्षिका महविश जमानका अनुसार तीनतले विद्यालयमा नर्सरीदेखि पाँच कक्षासम्म करिब एक हजार २०० विद्यार्थी अध्ययनरत थिए । कक्षाकोठामा रहेका बेला छत खसेपछि आफूलाई आकाशै खसेजस्तो लागेको र पछि अस्पतालमा होस खुलेको हो ।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु भएको छ । पेसावरका प्रहरी प्रमुख सईद अहमदले विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको र भवन संरचनात्मक रूपमा कमजोर रहेको बताए । छत खस्नुको कारण पत्ता लगाउन प्रान्तीय सरकारले समिति गठन गरेको छ ।

राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । राष्ट्रपति जरदारीले घटनाको विस्तृत अनुसन्धान गर्न र विद्यालय भवनमा सुरक्षा मापदण्ड पालना भएको सुनिश्चित गर्न आग्रह गरेका छन् ।

यसअघि जुलाईमा लाहोरमा निर्माणाधीन शिक्षण केन्द्रको छत खस्दा चार विद्यार्थीको मृत्यु भएको थियो ।

Skip This