कांग्रेस सभापति गगन थापाको शपथ ग्रहण फूलपातीका दिन हुने

कांग्रेस सभापति गगन थापाको शपथ ग्रहण फूलपातीका दिन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले दसैँको सातौँ दिन फूलपातीका अवसरमा शपथ ग्रहण गर्ने भएका छन् ।

थापाको शपथ ग्रहण तथा पदबहाली कार्यक्रम शनिबार दिउँसो २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा हुने भएको छ ।

नेपाली कांग्रेसका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शुक्रबार जारी गरेको सूचनाअनुसार पार्टीको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सम्पन्न भएको छ । त्यसपछि नवनिर्वाचित सभापति थापाको शपथ ग्रहण तथा पदबहालीको समय र स्थान निश्चित गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले समारोहमा सहभागी हुन उपत्यकामा रहेका पार्टीका नेता तथा कार्यकर्ता र सञ्चारकर्मीलाई निमन्त्रणा गरेको छ ।