फ्रान्समा पसलबाट आईफोन लुटिए, प्रहरीलाई लखेटियो (तस्बिरहरू)

फ्रान्समा पसलबाट आईफोन लुटिए, प्रहरीलाई लखेटियो (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस– फ्रान्समा शनिबार ‘यलो भेस्ट’ आन्दोलनका क्रममा सडकमा भएको झडप, लुटपाट र तोडफोडका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन्।

महँगीविरुद्ध फ्रान्समा शनिबार ८ लाख मानिस सडकमा उत्रिएका थिए। केही ठाउँमा प्रदर्शनकारीले प्रहरीका गाडीमा ढुङ्गा हानेर प्रहरीलाई लखेटिरहेको देखिएको छ।

केही स्थानमा एप्पल स्टोरबाट आईफोनसमेत लुटिए। लिमोज सहरमा प्रदर्शनकारीले १४३ वर्ष पुरानो टाउन हलमा आगो लगाए। केही प्रदर्शनकारी जोकर र क्याप्टेन अमेरिकाजस्ता पात्रको पोसाकमा पनि आएका थिए।

यो आन्दोलन करिब एक महिनाअघि विद्यार्थीहरूको विरोध प्रदर्शनबाट सुरु भएको थियो। बिस्तारै यसमा महँगी र पेट्रोल–डिजेलको बढ्दो मूल्यविरुद्धका प्रदर्शन पनि जोडिएका छन्।

सबै तस्बिर