राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाण्डु उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गरेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार काठमाण्डुस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी ९ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गरेका हुन् ।

राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गरेका थिए । शक्तिपीठको पूजाआराधना एवं दर्शनका क्रममा राष्ट्रपतिका साथमा प्रथम महिला सविता पौडेल पनि थिइन् ।