नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी विश्वकप लिग–२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।

ओमानमा सम्पन्न १ दिवसीय अन्तरराष्ट्रिय श्रृंखलामा सहभागिता जनाएर नेपाली टोली मंगलबार बेलुका स्वदेश फर्किएको हो ।

टोलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधिहरूले स्वागत गरे । लिग–२ को अन्तिम शृंखलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो ।

नेपालले श्रृंखलाको ४ मध्ये ३ खेलमा जीत निकाल्यो । नेपालले श्रृंखलामा ओमान र क्यानडाविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।