मुक्तिनाथ मन्दिरमा दसैंको टीका लगाइने

मुक्तिनाथ मन्दिरमा दसैंको टीका लगाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुस्ताङ – हिन्दू तथा बौद्ध धर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैंको टीका लगाइने भएको छ ।

मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दशैंको अवसरमा सर्वसाधारणलाई टिका, जमरा र आशीर्वाद दिने कार्यक्रम रहेको बताए ।

विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टीका, जमरा लगाएर सर्वसाधारणलाई आशिर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ । आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा दसैं टीका लगाइदिने व्यवस्था गरिएको छ ।

दसैंको दिन बिहान ५ बजेदेखि मुक्तिनाथमा भगवान्को नृत्य आराधना सुरु हुनेछ । आराधन सकिएलगत्तै दसैंको टीका लगाउने कार्यक्रम रहेको पुजारी सुवेदीले जानकारी दिए । भगवान्को नृत्य कर्म करिब २ घण्टासम्म चल्नेछ ।