काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा यस वर्षको विजयादशमी मनाउनुपरेको भन्दै दुःखमा परेका परिवारको सहारा बन्न सबैलाई आग्रह गरेका छन्।
विजयादशमीको शुभकामना सन्देश जारी गर्दै थापाले चाडपर्वको खुसी आफ्नो घरआँगनमा मात्र सीमित नराखी पीडामा रहेका परिवारसँग पनि बाँड्नुपर्ने बताएका छन्।
‘यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस्। दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ’, उनले भनेका छन्।
थापाले विजयादशमीले मानिसलाई आफूभित्रका कमजोरीमाथि विजय प्राप्त गर्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना बलियो बनाउनुपर्ने उल्लेख गरेका छन्।
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै विजयादशमीको शुभकामना व्यक्त गरेका छन्।


प्रतिक्रिया