काठमाण्डु – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।


प्रतिक्रिया