एनपीएल खेल्न कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे

एनपीएल खेल्न कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बगलादेशका दुई क्रिकेटर नेपाल प्रिमियर लिग (एनपीए) खेल्न नेपाल आइपुगेका छन् ।

कर्णाली याक्समा अनुबन्ध भएका अरिफुल इस्लाम र अकबर अली एनपीएल खेल्न नेपाल आइपुगेका छन् ।

बंगलादेशको यू–१९ टोलीबाट विश्वकप खेलिसकेका अरिफुलले अस्ट्रेलियामा आयोजित टप इन्ड टी–२० सिरिजमा सानदार प्रदर्शन गरेका थिए । उनले ७ खेलमा २१९ रन बनाएका थिए । दुई अर्धशतक प्रहार गरेका उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा तेस्रो स्थानमा थिए । उनले अघिल्लो संस्करण बंगलादेश प्रिमियर लिगमा सिल्हेट स्ट्राइकर्सबाट खेलेका थिए ।

त्यस्तै, २४ वर्षीय अकबर अली सन् २०२० मा बंगलादेशले पहिलोपटक आइसिसी यु–१९ विश्वकप जित्दाका कप्तान हुन् । दक्षिण अफ्रिकामा भएको उक्त प्रतियोगिताको फाइनलमा भारतलाई तीन विकेटले पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो ।

कर्णालीले दुई बंगलादेशका खेलाडीसहित कूल चार खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीमा यसपटक पुनः स्कटल्यान्डका मार्क वाट देखिदैछन् । यस्तै, पाकिस्तानका अलराउन्डर हुसैन तलात पनि अनुबन्ध भएका छन् ।

कात्तिक ९ बाट सुरु हुने एनपीएलमा कर्णालीले कार्तिक १० गते जनकपुर बोल्ट्ससँग आफ्नो पहिलो खेल खेल्ने छ ।