जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डुको कागेश्वकरी मनोहरा नगरपालिका–६ मुलपानी क्रिकेट ग्राउण्ड नजिक टहरामा जुवा (ओखर) खेलिरहेको अवस्थामा गोकर्णेश्वलर नगरपालिका–६ नयाँबस्ती बस्ने नुवाकोट घर भएकी ३३ वर्षीया अन्जली पुडासैनी सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५८ हजार ८५५ रूपैयाँ र  ओखर ११ थानसहित पक्राउ गरेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम बस्ने विनोद पोखरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय विक्रम गिरीसहित ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पकलिबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६२ हजार ३१० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

डोल्पाको ठूलीभेरी नगरपालिका–७ जुफाल बजार बस्ने ४२ वर्षीय धनलाल बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा बोहरा समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुफालबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६ हजार ६३० रूपैयाँ, तास १५९ पत्ति र कौडा ४५ थानसहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।