कर्णाली याक्सले भित्र्यायो दक्षिण अफ्रिकी आक्रमक ब्याटर डेभिड मिलरलाई

कर्णाली याक्सले भित्र्यायो दक्षिण अफ्रिकी आक्रमक ब्याटर डेभिड मिलरलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दक्षिण अफ्रिकाका विस्फोटक बायाँ हाते ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करण खेल्न कर्णाली याक्समा अनुबन्ध भएका छन् ।  

कर्णाली याक्सले मिलरलाई टोलीमा अनुबन्ध गरेको औपचारिक घोषणा शुक्रबार गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा आक्रामक ब्याटिङ र दबाबपूर्ण परिस्थितिमा उत्कृष्ट प्रदर्शनका लागि परिचित मिलरको आगमनले कर्णाली याक्सको ब्याटिङ लाइनअपलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

विशेषगरी टी–२० क्रिकेटमा अन्तिम ओभरहरूमा तीव्र गतिमा रन बनाउने क्षमताका कारण उनी विश्व क्रिकेटमा चर्चित छन् ।

एनपीएलको नयाँ सिजन सुरु हुनुअघि कर्णालीले विदेशी खेलाडी अनुबन्धलाई तीव्र बनाएको छ ।

मिलरको आगमनसँगै टोलीले अन्तर्राष्ट्रिय स्तरमा अनुभव हासिल गरेका खेलाडीलाई समेट्दै प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने प्रयास गरेको छ ।

कर्णाली पहिलो सिजनबाट ठूलो लगानीसहित उपाधिका लागि कोसिस गरिरहेको टोली हो । उसले पहिलो सिजनमा भारतका चर्चित ब्याटर शिखर धवनलाई भित्र्याएको थियोे ।