नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आश्विन शुक्ल त्रयोदशीका दिन शनिबार नवदुर्गाको प्रसाद स्वरूप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम जारी छ ।

विजयादशमीका दिन कात्तिक ४ गते १० दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । 

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा.डा. पुरुषोत्तम भट्टराई भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताउँछन् । केही दिन सुनसान रहेको राजधानी शहरमा शनिबार बिहानदेखि भने केही चहलपहल देखिन थालेको छ ।

मानिसको चहलपहल बढेको देखिए पनि सवारी कम हुँदा यात्रा सहज हुन सकेको छैन । सार्वजनिक यातायातमा कोचाकोच गरेर टीका थाप्न र आशीर्वाद लिन हिँड्नेको चहलपहल भने बजारमा शुक्रबारभन्दा बढी छ ।

यसवर्ष कात्तिक ८ गते आईतबार अखिल बलि पूर्ति नभएसम्म नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।