एनपीएल उद्‌घाटन कार्यक्रममा प्रधानमन्त्री शाह सहभागी हुने, दिए शुभकामना

एनपीएल उद्‌घाटन कार्यक्रममा प्रधानमन्त्री शाह सहभागी हुने, दिए शुभकामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने भएका छन् ।
एनपीएलको उद्‌घाटन सोमबार दिउँसो ५ बजे हुनेछ ।

एनपीएलको तेस्रो संस्करण सुरु हुनु अघि प्रधानमन्त्री शाहले फेसबुकमार्फत शुभकामना पनि दिएका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएको र केही वर्षकै छोटो अवधिमा यसले एउटा भव्य खेलकुद उत्सवको रूप लिन सफल भएको बताएका छन् ।

सन्देशमा उनले लेखेका छन, ‘लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ । यस भव्य प्रतियोगिताको सफल आयोजनाका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई हार्दिक शुभकामना ।’