गैरआवासीय नेपालीद्वारा सरकारलाई १ करोड रुपैयाँ र डीएनए परीक्षण किट सहयोग

गैरआवासीय नेपालीद्वारा सरकारलाई १ करोड रुपैयाँ र डीएनए परीक्षण किट सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली उत्तम नेपाल र कुल आचार्यले नेपाल सरकारलाई १ करोड रुपैयाँ र डीएनए परीक्षण किट सहयोग गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाललाई सहयोग हस्तान्तरण गरिएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार उत्तम नेपालले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् भने कुल आचार्यले डीएनए परीक्षण किट उपलब्ध गराएका छन् ।

सहयोगप्रति आभार व्यक्त गर्दै परराष्ट्रमन्त्री खनालले प्राप्त आर्थिक सहयोग र डीएनए परीक्षण किटले सरकारको अनुसन्धान तथा डीएनए परीक्षणसम्बन्धी क्षमता सुदृढ बनाउन मद्दत पुग्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।