सुदूरपश्चिमको ब्याटिङ संकट, ५३ रनमै पाँच विकेट गुमायो

सुदूरपश्चिमको ब्याटिङ संकट, ५३ रनमै पाँच विकेट गुमायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ धराशायी भएको छ । लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले ८.२ ओभरमा ५३ रन बनाउँदा पाँच विकेट गुमाएको छ ।

टस जितेर पहिले फिल्डिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमका ब्याटरलाई लगातार दबाबमा राखेको छ । सुदूरपश्चिमले ५३ रन बनाउँदासम्म आफ्ना पाँच ब्याटर गुमाइसकेको छ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी ११ बलमा १४ रन बनाएर क्रिजमा छन् । उनले एक चौका प्रहार गरेका छन् । इशान पाण्डे ९ बलमा सात रन बनाएर आउट भए । उनलाई लुम्बिनीका कप्तान रोहित पौडेलले तिलक भण्डारीको बलमा क्याच आउट गराए ।

यसअघि सैफ जैबले १४ बलमा १३ रन, विनोद भण्डारीले आठ बलमा नौ रन, आरिफ शेखले ६ बलमा शून्य र ब्रान्डन म्याकमुलेनले दुई बलमा दुई रन बनाएर विकेट गुमाएका थिए ।

लुम्बिनीका किशोर महतोले तीन ओभरमा २१ रन खर्चेर दुई विकेट लिएका छन् । शेर मल्ल, शेड्ली भान स्काल्कविक र तिलक भण्डारीले समान एक–एक विकेट लिएका छन् ।

सुदूरपश्चिमका लागि अब हेमन्त धामी, शेरफेन रदरफोर्ड, स्कट कुगेलाइन, अविनाश बोहरा र अनिल खरेल ब्याटिङ गर्न बाँकी छन् ।