पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता

पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर सोमबार स्वदेश फर्किएकी छन् ।

स्वदेश फर्किने क्रममा अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू सम्मेलनमा भाग लिएर फर्किएको जानकारी दिइन् ।

‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ विषय रहेको ग्लोबल गभर्नेन्स सम्मेलन २३–२५ अक्टोबरसम्म आयोजना भएको थियो । सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन् ।

सम्मेलनअन्तर्गत २४ र २५ अक्टोबरमा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि भएको थियो ।

फोरममा संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तरराष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापनाकार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तरराष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तरराष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकालगायत विषयमा छलफल भएको थियो ।

सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित अर्थतन्त्र तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायत विषयमा पनि बहस भएको थियो ।