एनपीएलमा लुम्बिनीको विजयी सुरुआत

एनपीएलमा लुम्बिनीको विजयी सुरुआत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ ।

सोमबार भएको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ ।

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको छ ।

डार्सी शर्टले १८ बलमा ४ चौका र ३ छक्काको मद्दतले ४० रन जोडे । आसिफ शेखले ३२ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो । सुदूरपश्चिमका लागि दीपेन्द्र सिंह ऐरीले २७ तथा अनिल खरेल १५ रनमा अविजित रहँदा सैफ जइबले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका किशोर महतोले ४ तथा शेर मल्लले ३ विकेट लिए । शेड्ली भान शाल्कविक, तिलक भण्डारी र रोहित पौडेलले १–१ सफलता हात पारेका थिए ।