काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स विजयी भएको छ ।
कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै जीत हात पारेको छ ।
कर्णालीविरुद्ध १३३ रनको लक्ष्य पाएको जनकपुर ११३ रनमा समेटिएको छ । जनकपुरका लागि कप्तान हरमित सिंह र अभिषेश तिवारीले समान २० रन बनाएका छन् भने मोइन अलीले १९ रन बनाए । जमि निसमले १५ रन, मायकं यादवले १४ रन बनाएका छन् ।

कर्णालीका लागि युनिश ठकुरी र हुसेन तलतले समान ३/३ विकेट लिए भने नन्दन यादवले २ विकेट र सोमपाल कामीले १ विकेट लिएका छन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो । कर्णालीका लागि बंगलादेशी ब्याटर अरिफुल इस्लामले ४३ रन बनाए भने पवन सराफले ३७ रनको योगदान दिए । खेलमा दिपक डुम्रेले १३ रन बनाउँदा गुल्सन झाले १२ रन बनाएका थिए ।
कर्णालीलाई सामान्य स्कोरमा समेट्ने क्रममा जनकपुरका हर्मित सिंहले ३ विकेट लिए भने मोइन अली र राहुल यादवले २/२ विकेट लिए । ललित राजबंशीले १ विकेट लिएका थिए ।




प्रतिक्रिया