दिपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले खोल्यो खाता, पोखरा ६ विकेटले पराजित

दिपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले खोल्यो खाता, पोखरा ६ विकेटले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जारी एनपीएलमा सुदूरपश्चिम रोयल्सले सानदार जीत निकालेको छ ।

त्रिवि क्रिक्रेट मैदानमा भर्खरै सकिएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो ।

पोेखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

सुदूरपश्चिमका कप्तान ऐरीले अविजित अर्धशतकीय पारी खेले। उनले ३६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए।

यस्तै इशान पाण्डेले ३७, ब्रान्डन म्याकमुलनले २२ तथा सैफ जइबले १५ रन जोडे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रनमा समेटियो ।

पोखराका लागि अर्जुन घर्तीले ४० रन जोडे । यस्तै महेदी हसनले ३२, कप्तान कुशल भुर्तेलले २१ र सकिब हसनले १४ रन जोड्दा धनञ्जय लक्षणले ११ रन जोडे । यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि अनिल खरेलले ३, हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्लेइनले समान एक–एक विकेट लिए ।