काठमाण्डु – सुनको मूल्य बिहीबार बढेको छ । सुनको मूल्य बढ्दा चाँदीको भाउ भने घटेको छ। सुन तोलामा ३०० रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला छापावाल सुन दुई लाख ८३ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ९३० रुपैयाँ कायम भएको छ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ र चाँदी तीन हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया