एनपीएल : काठमाण्डु गोर्खाजले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्ने

एनपीएल : काठमाण्डु गोर्खाजले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाण्डु गोर्खाजले पहिला ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाण्डुका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका हुन्।

काठमाण्डुले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफल बनाउने लक्ष्य राखेको छ।

जनकपुर पहिलो जितको खोजीमा मैदान उत्रिएको छ। आफ्नो पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। त्यसैले काठमाण्डुविरुद्ध जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्य जनकपुरको हुनेछ।

काठमाण्डु भने जनकपुरलाई पराजित गर्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने प्रयासमा हुनेछ।

एनपीएलमा बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेलमा दिउँसो १२ः३० बजे जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज भिड्दैछन्। यस्तै, दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ। विराटनगर पनि जित निकाल्दै प्रतियोगितामा आफ्नो प्रभाव देखाउन चाहन्छ।